नेभिगेशन
कर्पाोरेट

बक्यौता रहेका उद्योगको रकम फरक अस्तित्व रहेका उर्जा कम्पनीहरुबाट असुलउपर गर्न मिल्दैनः सोपान

काठमाडाैँ । सौर्य उर्जा उत्पादकहरुको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरुको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेको पत्राचारबारे ध्यानाकर्षण भएको जनाएको छ । 

सोपानले प्राधिकरणले पठाएको पत्र उर्जा उत्पादक कम्पनीहरुसँग भएको विद्युत् विक्रि सम्झौता विपरित भएको बताएको छ । ‘केवल साझा शेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानुनको स्थापित सिद्धान्त विपरित हुन्छ ।’ विज्ञप्तीमा भनिएको छ । 

उर्जा कम्पनीहरुमा सार्वसाधारणहरु लगायत अन्य कैयन शेयरधनीहरुको लगानी हुने गरेकोले अर्कै उद्योगको बक्यौता असुलउपर गर्दा शेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने, प्राधिकरणको कदमले विदेशी लगानीमा समेत नकारात्मक असर गर्ने तथा आगामी १० वर्षमा १० हजार मेगावाट उत्पादनको लक्ष्यमा समेत गम्भिर असर पर्न जाने भन्दै सोपानको ठहर छ । 

विज्ञप्तीमा भनिएको छ, ‘बक्यौता रहेका उद्योग÷कम्पनीहरुको रकम फरक अस्तित्व रहेका उर्जा कम्पनीहरुबाट असुलउपर गर्न नमिल्ने हुँदा, सो गर्नाले कैयन शेयरधनीहरुको हकमा आघात पर्ने हुँदा एवं उर्जा कम्पनीहरुको सम्भाव्यतामा नै असर गर्ने हुँदा सो सम्बन्धी कुनै कार्य नगर्नुहुन अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ...
उद्योगमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक संघले  दियो प्राधिकरण र सरकारलाई धन्यवाद !

उद्योगमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक संघले  दियो प्राधिकरण र सरकारलाई धन्यवाद !

विज्ञप्तीमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण नेपालका सीमित निर्यातमुखी उद्योगमध्यको अग्रणि धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजश्व आम्दानीमाथि नै...
एभरेष्ट बैंकद्वारा कर्पोरेट क्यालेन्डर अनावरण

एभरेष्ट बैंकद्वारा कर्पोरेट क्यालेन्डर अनावरण

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गरेका छन् ।