नेभिगेशन
सबै कुरा

चन्द्रागिरिका स्थानीयले क्षतिपूर्ति नपाएसम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने


काठमाडौँ । काठमाडौँको चन्द्रागिरिका स्थानियले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने भन्दै प्रदर्शन गरेका छन् ।

Dish Home
Global Ime Bank

सुरुङ्ग मार्ग निमार्णको क्रममा घरहरुमा समस्या आएको , चिरा परेको र पानी सुकेको भन्दै स्थानीयहरुले आन्दोलन गरेका हुन् । विगत ६ दिन देखि स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ मार्गको काम ठप्प पारेका हुन् ।

पटक पटक सरकारले वार्ता, भेटघाट तथा आस्वासन देखाए पनि आयोजनाले मागको सुनुवाई गरेको स्थानीयले बताए । चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन् । 

आयोजनाले भने स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भईरहेको जनाएको छ । हालसम्म आयोजना सम्पन्न भईसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation