नेभिगेशन
सबै कुरा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार घटेको सुनचाँदीको मूल्य आज बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो। 

Dish Home
Global Ime Bank

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको छ । बिहिबार सो मूल्य एक लाख ४९ हजार तीनसय रुपैयाँ कायम थियो। 

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैँयाले बढेको हो । बिहिबार एक हजार आठसय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation