नेभिगेशन
सबै कुरा

विद्युत महशुल नतिर्ने ३४ उद्योगका मालिकको घरको पनि लाइन काट्न प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा  ट्रंकलाइन बापतको विद्युत महशुल नतिर्ने उद्योगीको घरको समेत लाइन काट्ने प्रस्ताव गरेको छ ।

बक्यौता नतिर्ने उद्योगहरूको लाइन नकाटी अन्य उपाय अवलम्बन गर्न विद्युत नियमन आयोगले सुझाए पछि प्राधिकरणले यस्तो कदम चाल्न लागेको हो । 

Dish Home
Global Ime Bank

प्राधिकरणले आयोगलाई एक पत्र लेख्दै बुधबार यस्तो प्रस्ताव गरेको हो । ‘विद्युत वितरण नियमावली २०७८ को विनियम ३१ को उपविनियम १ र ३ मा भएको व्यवस्था बमोजिम महशुल नतिर्ने उपभेक्ताका सञ्चालकको आवासको समेत लाइन काटी बक्यौता महसुल असुल गर्नु पर्ने’ पत्रमा भनिएको छ । 

बुधबार मात्रै प्राधिकरणले त्यस्ता ३४ वटा उद्योगहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैँकलाई लेखिपठाएको छ । यस्तै, ति कम्पनीहरूको शेयर कारोबार रोक्का राख्न  कम्पनी रजिष्ट्रार कार्यालय र प्राथमिक निस्कासन रोक्न धितोपत्र बोर्डमा प्राधिकरणले लेखि पठाएको छ । 

विद्युत प्रयोगको बक्यौता उठान प्राधिकरणलाई सरकारले असहयोग गरिरहेको छ ।उपभोक्तालाई चर्को लोडसेडिङमा राखेर ३४ उद्योगले बालेको बिजुलीको ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ महशुल बापत प्राधिकरणले उठाउनु पर्नेछ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation