नेभिगेशन
सबै कुरा

गुणस्तरहित पाइएपछि नेपालगञ्ज नाकामा खाद्यले रोक्यो ३० हजार किलो भटमास

काठमाडौं । नेपालगञ्ज नाकाबाट भित्रिन लागेको ३० हजार किलो बढी भटमास खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रोकेको छ। व्यापारिक प्रयोजनका लागि पैठारी गरी भन्सार नाकामा ल्याइएको ३० हजार २५५ किलो भटमासको गेडा परिक्षण गर्दा न्यून गुणस्तरको पाइएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जले जनाएको छ । 

कार्यालयले न्यून गुणस्तरको भटमासको कन्साइन्मेन्ट आयात अस्वीकृत गरिएको हो । ‘नेपालगन्ज भन्सार कार्यालयले परीक्षणको लागि भटमासको नमूना खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्ज पठाएकोमा उक्त भटमासको नमूना परिक्षण गर्दा नेपाल सरकारले निर्धारण गरेको खाद्यान्नको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम क्षतिग्रस्त दाना तथा जैविक बाह्य पदार्थको मात्रा बढी पाई प्रतिकूल देखिएको कार्यालयले जनाएको छ ।    

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation