नेभिगेशन
सबै कुरा

मंगलबार पनि २६ सयले घट्याे सुनकाे मूल्य

काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । सोमबार एकैदिन १५ हजार ९ सयले घटेको सुनको मूल्य मंगलबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार सोमबार सुनको मूल्य १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो भने सो मूल्य घटेर मंगलबार १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर १ हजार ८२० रुपैयाँ कायम भएको हो । 

मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो । मन्त्रिपरिषद्को सो बैठकले यसअघि २० प्रतिशत रहेको सुनको भन्सार दर र १५ प्रतिशत रहेको चाँदीको भन्सार दर १० प्रतिशत कायम गराउने निर्णय गरेको थियो । उक्त निर्णय हिजोदेखि कार्यान्वयनमा आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation