नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले १ लाख जरिबाना तोकेको पत्र एमालेले बुझ्न मानेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ महानगरपालिकाले तोकेको १ लाख जरिवानाको पत्र बुझ्न अस्विकार गरेको छ । पत्र लिएर आज एमाले पार्टी कार्यालय पुगेको महानगरको टोलीसँग पत्र बुझ्न अस्वीकार गरिएको हो । एमाले पार्टी कार्यालयमा रहेका व्यक्तिहरुले आफूहरु उक्त कार्यक्रममको आयोजक नभएको भन्दै पत्र बुझ्न नमानेका हुन् । 

मंसिर ७ गते दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिबाना गरेको हो । 

Dish Home
Global Ime Bank

‘२०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम रु १००००० (अक्षरुपी एक लाख) जरिबाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’ महानगरले एमालेलाई काटेको पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कारण राजीनामा दिएको भन्दै गलत हल्ला गरिएको बताए ।
आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले...
‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास...
भर्खरै