नेभिगेशन
सबै कुरा

अब नेपालमा ओमानी रियाल खरिद बिक्री हुने

काठमाडौं । अब नेपालमा ओमानी मुद्रा ओमानी रियाल पनि खरिद बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाललाई खरिद बिक्रीको सूचीमा समावेश गरेको हो । 

विदेशी विनिमय व्यवस्थापन विभागकाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । 

Dish Home
Global Ime Bank

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ। ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation