नेभिगेशन
सबै कुरा

४ दिनदेखि लगातार बढ्दै सुनकाे मूल्य

काठमाडाैँ । तीन दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य चौथो दिन पनि बढेको छ । नेपाली बजारमा सोमबारदेखि बढेको सुनको मूल्य लगातार बढिरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । बुधबार एक लाख ६३ हजार रुपैँयामा कारोबार भएको सुनको मूल्य आज बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै गत सोमबार एक हजारले बढेको सुनको मूल्य मंगलबार २ हजार रुपैयाँले बढेको थियो भने बुधबार तोलामा ९ सयले बढेर सुनको मूल्य एक लाख ६३ हजार पुगेको थियो । 

सुनको मूल्य निरन्तर बढिरहँदा बिहिबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation