नेभिगेशन
सबै कुरा

रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको अबहेलनामा मुद्दा दर्ता भएको छ । रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियार लगायत नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । 

उनीहरुले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अदालती कारबाहीविरुद्ध आन्दोलन गरी न्याय प्रक्रियामा अवरोध गर्न खोजेको भन्दै मुद्दा दायर भएको हो । 

अधिवक्ता अनुपम भट्टराईले हालेको रिट कात्तिक १४ गते सर्वोच्च प्रशासन दर्ता अस्वीकार गर्दै दरपिठ गरेको थियो । त्यसपछि भट्टराईले इजलासमा निवेदन दिएपछि अदालतले दरपिठ बदर गरी मुद्दा गरेको थियो । 

अधिवक्ता अनुपम भट्टराईले रवि लामिछानेविरुद्ध पटक पटक मुद्दा दर्ता गर्दै आएका छन् । रवि लामिछाने गृहमन्त्री रहेका बेला पनि उनले लामिछानेविरुद्ध मुद्दा हालेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation