नेभिगेशन
सबै कुरा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एअरलाइन्सका जहाजको चहलपहल (तस्विरहरु)

काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका हवाई सेवा कटौती गर्दा अन्तर्राष्ट्रिय उडानहरु भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तर्फ डाईभर्ट गरिएसँगै भैरहवामा अन्तर्राष्ट्रिय विमानहरु को आगमन सुरु भएको छ । अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एअरलाइन्स, कतार एअरलाइन्स, फ्लाइ दुबई, जजिरा एअरलाइन्स लगायतले उडान भरिरहेका छन् । 

अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार  धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेकाले सोही बमोजिम आवश्यक प्राविधिक जनशक्तिदेखि सबैखाले तयारी गरिएको छ । प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । प्राविधिक पक्ष व्यवस्थापन गरिएको छ । विमानस्थलमा २१ यात्रुसेवा काउन्टर छन् । उपकरण जडान भई अटोमेसनको काम भएको छ ।    

Dish Home
Global Ime Bank







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation