नेभिगेशन
सबै कुरा

महिला उत्पीडनविरुद्ध सङ्घर्षरत इरानी महिला नर्गेसलाई नोबेल शान्ति पुरस्कार

इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हाल उनी इरानको जेलमा छिन् । 

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन् । 

Dish Home
Global Ime Bank

पुरस्कारको रकम एक करोड १० लाख स्विडिस  क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation