नेभिगेशन
सबै कुरा

उद्योगहरुसँग १५ दिनभित्र बिजुली बक्यौता असुल गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने निर्णय गरेको छ । 

सोमबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत उपयोग गर्ने उद्योगहरुले टिओडी मिटरका आधारमा महसुल निर्धारण तथा असूलीसम्बन्धी प्रचलित कानूनबमोजिम १५ दिनभित्र असुल गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले विद्युत महशुस विवादका कारण उद्योगीमा लाइन काटिदा उत्पादन घट्न गएको र सम्रग क्षेत्रमा असर परेकाले आपूर्ति बन्द गरिएका उद्योगहरुमा २४ घण्टाभित्र विद्युत लाइन जडान गर्ने निर्णय गरेको छ ।

Dish Home
Global Ime Bank

औधोगीक क्षेत्रलाई असर पार्ने ढंगले विद्युत आपूर्ति गर्ने काम भएकाले काटिएका लाइन जोड्न निर्देशन दिएको र सरकार समस्या समाधान गर्ने ढंगले अघि बढेको सरकारका प्रवक्ता गुरुङले बताए । सरकारले गरेका निर्णय सवै निकायले कार्यान्वयन गर्नुपर्ने दायित्व रहेको उनले बताए ।

त्यस्तै बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाईन विवाद समाधान गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय समेत गरेको उनले बताए । 

प्रवक्ता गुरुङले मुलुकका बिभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सुशासन कायम गर्न सरकार अघि बढेको बताए । सामाजिक सद्भाव भड्काउने छुट कसैलाई नभएको भन्दै प्रवक्ता गुरुङले कानून बिपरित काम गर्ने कसैको पनि अनुहार नहेरि कारवाही गर्ने स्पष्ट पारे । 

त्यस्तै मन्त्रीपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणकर लोहनीले पेश गरेको राजीनामा स्वीकृत गरेको छ भने भन्सार महसुल नियमावली २०८१ र राहदानी दोश्रो संशोधन नियमावली समेत स्वीकृत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

‘यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ । काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ, लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऊँ ।’ अध्यक्ष ढकालले भने, ‘राजश्व बुझाउने...
बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको...
भर्खरै