नेभिगेशन
सबै कुरा

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार २ हजारले बढेको सुनको मूल्यमा आइतबार भने ५ सयले गिरावट आएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रूपैयाँ कायम भएको छ । सो मूल्य शुक्रबार एक लाख ६६ हजार पाँच सय रूपैयाँ रहेको थियो । 

Dish Home
Global Ime Bank

त्यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । शुक्रबार एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतबार २० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation