नेभिगेशन
नेताका कुरा

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे विजय: नेपालमा सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचन मत परिणामको असर नेपालको बजारमा समेत देखिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासँघकाअनुसार सुनको मूल्य एकै दिनमा तोलामा ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । 

आजका लागि छापावाल सुनको मूल्य एक लाख ६४ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख ६८ हजार ५ सय रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । 

Dish Home
Global Ime Bank

यस्तै प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकालसँगै मध्यपूर्व र रुस युक्रेन युद्ध रोकिने आशमा विश्व अर्थतन्त्रमा केही सकारात्मक सुधार भएको छ । ट्रम्प निर्वाचित भएको औपचारिक घोषणा लगत्तै बिहीबार डलरको मूल्य बढेको थियो ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation