नेभिगेशन
सबै कुरा

अमेरिकामा इतिहास दोहोर्‍याउँदै दोस्रो पटक राष्ट्रपति बने डोनाल्ड ट्रम्प, बधाईको ओइरो

वासिंटन । अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको  रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । फ्लोरिडामा भव्य सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताए । औपचारिक घोषणा नभएपनि ट्रम्पको जित सुनिश्चित भैसकेको छ । 

यो जितसँगै ट्रम्पले अमेरिकामा १३२ वर्षपछि इतिहास फर्काएका छन् । ट्रम्प, अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक कार्यकालको ग्यापपछि दोस्रो कार्यालयका लागि निर्वाचित हुने व्यक्ति बनेका छन् । 

Global Ime Bank

यस अघि उनले सन् २०१६ मा हिलारी क्लिन्टनलाई हराउँदै ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले अहिले कमला ह्यार्सीलाई हराउँदै ह्वाइट हाउस छिर्ने छन् । 

औपचारिक घोषणपुर्वनै विश्व समुदायले ट्रम्पलाई बधाई दिन थालेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।

यस्तै बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले आगामी दिनमा आफू ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।

यस्तै फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् । 

इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् । ट्रम्पको जितले यो सम्बन्ध अझ मजबुत हुने उनको भनाइ छ ।

हङ्गेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation