नेभिगेशन
सबै कुरा

क्रियटिभ मेनपावरले २ दिन मात्रै भिसा बाँकी हुँदा ११ युवालाई मलेसिया पठायो, न काम दियो न दाम!

काठमाडौँको क्रियटिभ प्लेसमेन्ट सर्भिसेस ११ जना युवालाई दुई दिन मात्रै भिसा बाँकी हुँदा रोजगारीका लागि मलेशिया पठाएको पाइएको छ ।

 क्रियटिभ मेनपावरले २ दिन मात्रै भिसा बाँकी हुँदा ११ युवालाई मलेसिया पठायो, न काम दियो न दाम!

Global Ime Bank

मलेसियामा लोड अनलोडका लागि भन्दै ११ जना युवाहरूले मेनपावरलाई ३ लाख २० हजार देखि ४ लाखसम्म बुझाएका थिए । क्रियटिभ मेनपावरबाट मलेसिया पुगेका चन्द्र प्रसाद चौधरी, बासुदेव खड्का , दीपक खड्का, हिरालाल राई, निरञ्जन चौधरी,  प्रदिप चौधरी, गजेन्द्र गिरी, अमृत राना, अमरप्रति मुखिया, मिनिया सलीम, बिलबहादुर कामी एक साता देखि अलपत्र परेको गुनासो गरेका छन् ।

मलेसियाबाट सम्पर्कमा आएका चन्द्रप्रसाद चौधरी सहित युवाहरूले मेनपावरले झुक्याएको गुनासो गरेका छन् । पैसा लिएर ६ महिनासम्म झुलाएको मेनपवारले भिसा लागिसकेपछि पनि अन्तिम समयसम्म रोकेको उनीहरू बताउँछन् ।

उनीहरूको भिसा दुई दिन हुँदा मात्रै मलेसिया पठाएको गुनासो गर्छन् । सेप्टेम्बर २६ मा उनीहरू मलेसिया पुगेका थिए । नेपालमा सम्झौता हुँदा लोड अनलोडमा मासिक २ हजार रिंगेट तलब भनेको कम्पनीले अहिले मलेसिया पुगेपछि काम लगाउन सकेको छैन् ।

सिधाकुरालाई भिडियो पठाउँदै युवाहरूले अहिले आँफुले पानीजहाज पोर्टमा काम गर्नु पर्ने भनेको बताएका छन् । साथै २ हजार सहित खाना बस्नको सुविधा भनेर पठाएको मेनपावरले अहिले मासिक १५ सय रिंगेटमा खाना खर्च कटाएर मात्रै तलब पाइने भन्न थालेका छ ।

तर काममा पठाउन सकेको छैन । मलेसियामा रहेको चन्द्र प्रसाद चौधरीले भने, हामीलाई मेडिकल गर भनेको छ तर मेडिकल गर्न चाहिने पासपोर्ट हामीसँग छैन । उनका अनुसार कम्पनीले अहिले सबै युवालाई एक सातामा खाना खानका लागि १ सय रिंगेट उपलब्ध गराएको छ भने बस्ने ठाउँको व्यवस्थापन गरेको छैन ।

मेनपावरसँग गुनासो गर्दा उल्टै धम्की दिने गरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation