नेभिगेशन
सबै कुरा

रवि लामिछानेको हकमा प्रधानमन्त्रीले दुईथरी कुरा गर्न मिल्दैन, थुनामा नराखौँः सांसद चन्दा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.चन्दा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेकी छिन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा रास्वपाकी सांसद डा.चन्दा कार्कीले रवि लामिछानेले अनुसन्धानमा अवरोध कहिल्यै नगरेको र नगर्ने भन्दै थुनाबाहिर राख्न माग गरिन् । 

उनले भनिन्, ‘रवि लामिछानेज्यूले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । उहाँ भागेर जाने व्यक्ति पनि होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ । रवि लामिछानेलाई थुना मुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

Dish Home
Global Ime Bank

कार्कीले बैठकमा राखेको भनाई यस्तो थियो :


"राजनीतिक र सामाजिक स्थिति हेर्दा महत्वपूर्ण मोडमा उभिएको छ । गर्नुहुँदैन भन्छौं, तर सबैको नाम कहीँ न कतै जोडिएकै छ भ्रष्टाचारीको । निजी क्षेत्रलाई पनि दायरामा ल्याएको छ । नीतिगत भ्रष्टाचार नै देशको सबैभन्दा ठूलो समस्या हो । यो रोक्ने व्यवस्था राखिन जरुरी छ । राजनीतिक हस्तक्षेपलाई रोक्न जरुरी छ । यसले प्रस्ट रुपमा सार्वजनिक पदमा बस्नेलाई पनि अनुसन्धानको दायरामा ल्याउने विषय प्रस्ट हुनुपर्छ । सार्वजनिक पदमा रहेका व्यक्तिलाई अनुसन्धानमा केही कठिन भएको नागरिकको बुझाइ छ । संविधानभित्रै रहेको भनेर अमान्य हुन्छ भनेर सार्वजनिक सरोकारको मुद्दा दायर गरेको अवस्था छ । अख्तियार ऐनमा दफा ३१ ९ग०मा महत्वपूर्ण व्यवस्था थपिएको छ । राजनीतीकरण गर्ने विषय रोक्न जरुरी छ भ्रष्टाचारलाई । राजनीतिक संरक्षण बन्द गर्नुपर्छ । आयोगमा धेरै उजुरी पछ्र्योट गर्न जरुरी छ ।

प्रधानमन्त्री आउने कुरा थियो, रवि लामिछानेको विषयमा चर्चा गरिनँ । किन संसदीय समिति बनेको थियो के कुरा प्रतिवेदनमा ल्यायो ? किन उठाएको भने उहाँ यो समितिको सदस्य पनि हो । उहाँ थुनामा हुनुहुन्छ । यहाँप्रति चिन्ता गर्न पनि जरुरी हो । न्यायपालिकालाई प्रभावित पारेको भन्ने आरोप छ । त्यो होइन, १२ लाख नेपालीले पत्याएको दलको नेतालाई पक्राउ गर्नु र थुनामा राख्नु नागरिकको चासो पनि हो । यो आरोप लगाउनु न्यायोचित होइन । गर्दै आएको, भोग्दै आएको हो । अदालतलाई प्रभावित किन नगरेको हो भने अहिलेसम्म अदालतमा प्रवेश गरिसकेको छैन । प्रहरी प्रशासन कार्यपालिका मातहत छ । गृह मन्त्रालयलाई रविले न्याय पाउनुपर्छ भन्नु कसरी न्यायालय प्रभावित हुन्छ ? आफ्नो बयान र प्रमाण पेश गरिसकेको अवस्था छ । उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन । गृहमन्त्रीलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।

प्रधामन्त्रीलाई समितिमार्फत आग्रह । मनैदेखि सम्मान छ । मैले मेरो प्रधानमन्त्रीले लिने निर्णयमा ठाडो शीर गरेर सम्मान गर्न चाहन्छु, तर समिति, सडक र सदनको भनाइ र गराईमा सामञ्जस्यता ल्याउन जरुरी छ । सबैको अगाडि प्रस्ट रुपमा उहाँको संलग्नता केहि छैन भन्नुभएको थियो । अहिले त्यसको उल्टो हुँदा केही नबोल्नु राम्रो होइन ।"


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले...
‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास...
प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजीयोः पूर्व शिक्षामन्त्री खनाल

प्रधानमन्त्रीको असफलताको भारी  शिक्षामन्त्री विद्या भट्टराईलाई बोकाउन खोजीयोः पूर्व शिक्षामन्त्री खनाल

शिक्षामन्त्री राजीनामा पछि मंगलबार बिहान सामाजिक सञ्जालमा सांसद खनालले चालकको असफलताको भारी सहचालकलाई बोकाउन खोजिएको भन्दै टिप्पणी गरेका हुन् । साथै उनले शिक्षक माग पुरा गर्न अर्थमन्त्री र...
भर्खरै