नेभिगेशन
सबै कुरा

साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको छ । नेपालले पेनाल्टी सुटआउटमा ४–२ को जित निकालेको हो । यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित समयमा खेल १–१ को बराबरीमा सएिको थियो । मध्यान्तरपछिको खेलमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो । खेलको ५१औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको हो ।  त्यसपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो।

रेखाले रातो कार्ड पाएपछि नेपाली दर्शकहरुले केहीबेर नाराबाजी गरेका थिए ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै नेपाललाई १–० ले पछि पारेको थियो । लगत्तै नेपालले गोल फर्काएपनि रेफ्रिले गोल दिन अस्वीकार गरेका थिए । त्यसपछि खेल १ घण्टा भन्दा बढी समय रोकिएको थियो । त्यसपछि खेल सुरु हुनेवित्तिकै सावित्रा भण्डारीले गोल फर्काउँदै खेल बराबरी गरेकी थिइन् । त्यसपछिको समयमा दुबै टिमले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुट आउटमा पुग्यो । 

दशरथ रङ्गशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्