नेभिगेशन
सबै कुरा

सरकारले अपेक्षित काम गर्न सकेन, प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै भयोः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको बिकास र सुशासनका लागि ठूला दल मिलेर सरकार बनाएपछि सरकारले लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका हुन् । 

‘पहिलो दुई दुई महिनामा सरकार परिवर्तन भइराख्या छ । त्यो परिवर्तनले जनताले खोजेको, चाहेको परिवर्तन दिन सकिराखेको थिएन । राजनीतिक स्थायित्वको लागि झण्डै दुई तिहाइको सरकार बनेको छ । दोस्रो राजनीतिक स्थायित्व भएपछि आर्थिक विकास पनि विस्तारै अुँदै जाने संभावना हुन्छ । र तेस्रो सुशासन । यी तीन कुराको लागि हामीले यो सरकार बनायौँ ।’ उनले भने, ‘तर न त हामीले राजनीतिक स्थायित्व दिन सक्यौँ, न त आर्थिक विकास नै हुन सकेको छ, बढेको छैन केही पनि । हुन त सय दिन मात्रै भएको छ यो सरकार बनेको । न त सुशासनमा नै हामी अब्बल हुन सकेका छौँ ।’ 

Dish Home
Global Ime Bank

उनले अहिले पनि प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्तामात्रै रहेको उल्लेख गरे । सरकार ढल्ने कुरा गरेर भूलभूलैयामा पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसले देशलाई अघि बढाउन नसक्ने जिकिर गरे । उनले भने, ‘हुँदा हुँदा अब प्रधानमन्त्री ज्यू ले प्रहरी प्रधान कार्यालयमा गएर सरकार ढल्दैन भन्नुहुन्छ । दुई तिहाईको सरकार छ । नेपाली कांग्रेसले पुरै सपोर्ट गरिराखेको छ । ढल्ने किन ? के को लागि ढल्ने ? ढाल्ने कसले ? विदेसीले आएर ढाल्ने होइन । नेपाल कि त संसदबाट संख्या नपुगेर सरकार ढल्छ या जनताको भेलले सरकार जाने हो नि त । अरु त केही उपाए छैन । विदेशीहरुलाई दोष दिने हामीले ? सरकार ढल्ने कुराहरु गरेर भुलभुलैयामा पार्ने जुन प्रयास भईराखेको छ, त्यसमा हामीलाई चिन्ता छ । ’

कांग्रेसको मुख्य प्रतिष्पर्धी एमाले हुँदाहुँदै पनि एमालेसंग सहकार्य गर्नु निकै कठिन काम भएको उनको भनाइ छ । कोइरालाले अहिले दल विभाजनजसम्बन्धी अध्यादेश ल्याउने काम उचित नभएको जिकिर गरे । सरकारका केही क्रियाकलापले सरकार फरक ढंगले हिँड्न खोजेको हो कि भन्ने आभाष भएको उनको भनाइ छ । 

त्यस्तै कांग्रेसका नेता मोहन बहादुर बस्नेतले यसअघिको कमीकमजोरीलाई सुधार गर्दै आगामी निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे । चुनावी गठबन्धन भन्दा पनि रणनीतिक बिषयमा पार्टीले ध्यान दिनुपर्ने उनले बताए । 

उनले पार्टीभित्र अनुशासन कडाईका साथ लागू गर्नुपर्ने भन्दै पार्टीभित्र अनुशासन उलंघन गर्ने सवैमाथि कारवाही हुनुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कारण राजीनामा दिएको भन्दै गलत हल्ला गरिएको बताए ।
आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले...
‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास...
भर्खरै