नेभिगेशन
सबै कुरा

प्रतिपक्ष दलहरूले राष्ट्रपतिलाई भेटे

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षसहितका दलका नेताहरूले भेट गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आज प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका हुन् । प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतल निवासमा आएको जानकारी दिए । 

Dish Home
Global Ime Bank

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै उनीहरूले लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रिपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेताहरूले संविधानको मर्म विपरित र बहुलवादमा आधारित मर्म विपरितका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।  

सो अवसरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रवद्र्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे । उनले भने, “संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईहरूलाई विश्वास दिलाउन चाहन्छु ।”

संसद्मा प्रतिपक्षमा नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आमजनता पार्टी छन् । राष्ट्रपति पौडेलसँगको भेटमा नेकपा (माओवादी केन्द्र) का  अध्यक्ष दाहाल, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आमजनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा भएकाे ढिलाइबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे । छलफलमा सहरी विकास...
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनहरूमाथि आजदेखि सुरू भएको छलफलमा प्रतिपक्ष सांसदहरूले  असन्तुष्टि जनाएका छन् ।
धरौटी बदर माग गर्दै रवि लामिछानेले हालेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

धरौटी बदर माग गर्दै रवि लामिछानेले हालेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश

साहारा सहकारीसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै रवि लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत उच्च अदालतमा आइतबार निवेदन दिएका थिए । उक्त निवेदनको आज सुनुवाई भएको...
सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूक्योः शेखर कोइराला

सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूक्योः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चूकेको बताएका छन् ।