नेभिगेशन
नेताका कुरा

कात्तिक १० गते काठमाडौँमा माओवादीको खबरदारी सभा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको विरोध गर्न काठमाडौँको प्रदर्शनीमार्गमा कात्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । साथै खबरदारीसभाको तयारीका लागि सबै कमिटीलाई निर्देशन दिइएको छ । 

Dish Home
Global Ime Bank

माओवादी केन्द्रले ले सामाजिक न्यायका मुद्दामा सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिका पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्था, विश्वविद्यालयसहित शिक्षण संस्था र कर्मचारीतन्त्रमा गरिएको चरम राजनीतीकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा गर्न लागिएको बताइएको छ । 

यस्तै माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितका समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुईदलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिबिधिविरुद्ध खबरदारी थाल्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कारण राजीनामा दिएको भन्दै गलत हल्ला गरिएको बताए ।
आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

आन्दोलनरत शिक्षकलाई प्रचण्डको अपिल, ‘तपाईँहरुमाथि पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुहोस्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले...
‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

‘रियल स्टेट’लाई उद्योगका रुपमा विकास गर्नुपर्ने भूमि व्यवस्था, सहकारीमन्त्रीको माग

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास...
भर्खरै