नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख ६५ हजार छ सय पुग्याे

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । 

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० वृद्धि भएको छ ।

Dish Home
Global Ime Bank

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने  दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation