नेभिगेशन
सबै कुरा
पाेखरामा रास्वपा आन्दोलन

वृद्ध आमालाई अङ्गालो हालेर सुमनाले भनिन्: आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि

पोखरा । पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि कार्यकर्ता र पार्टीलाई माया गर्ने शुभचिन्तकहरू यतिबेला पोखरामा भेला भएका छन् । 

रवि लामिछाने पक्राउको तीन दिन पछि आइतबार उनलाई जिल्ला अदालतमा पेश गरिदै थियो । त्यसअघि नै रास्वपा आफ्नो सभापतिको न्यायको माग गर्दै शहीद चोकको चौतारो र सडकमा भरिइसकेका थिए । 

Global Ime Bank

हजारौँ समर्थक बीच शान्तिपूर्ण प्रदर्शन भइरहँदा एक्कासि ११ बजे जिल्ला प्रशासनले कार्यक्रम स्थलमा निषेधाज्ञा जारी ग¥यो । 

रास्वपाका उच्च नेताहरूलाई आन्दोलन गरिरहेको स्थान खाली नगरे बल प्रयोग हुने खबर गरियो । सो खबर आफ्नो कानमा परे लगत्तै रास्वपा सह महामन्त्री एवम् पूर्व शिक्षामन्त्री र प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले  आन्दोलनको भिडतर्फ हेरिन ।

एकजना वृद्ध आमा रविको न्यायका लागि भन्दै आफ्नो भिडमा होस्टेमा हैसे गरिरहेकी थिइन । प्रशासनले बल प्रयोग गर्ने सूचना र आन्दोलनमा होमिएकी वृद्ध आमालाई देखेर सुमनाले पार्टीका युवा नेताहरूलाई वृद्ध अशक्तहरूलाई तत्काल ख्याल गर्न निर्देशन गरिन् र आफू चौतारोबाट हामफालिन् । 

ति वृद्ध आमाको नजिक पुगिन । आमाले हात जोड्दै भनिन् ‘एकै जनालाई कति पटक दुःख दिएको ?  कत्ति दुःख दिएको ? म पनि लड्न आएको, तिमीहरूलाई कति दुःख दिएको, केही गर्छु भनेर आएकाहरूलाई ?’ सुमना भावुक बनिन् । वृद्ध आमालाई अङ्गालो हालिन । 

उनले आमालाई सम्झाउँदै भनिन् ‘आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि...’ 

सुमनाले पार्टीका नेताहरूलाई तत्काल आमालाई सुरक्षित ठाउँमा पठाइन् । त्यसको केही बेरमै प्रहरीले शहीद चोकमा अश्रुग्यास र पानीको फोहरा वर्षायो । 

नेतृ सुमनासँगै रहेकी रास्वपा सांसद बिनिता कठायतकाअनुसार वृद्ध आमा रविको न्यायका लागि आन्दोलनमा आएकी थिइन । 

‘रविलाई भेट्छु भन्दा भन्दै मेरो श्रीमान् बित्नु भयो,’ ति वृद्ध आमाको भनाई उदृत गर्दै कठायतले भनिन् ,‘म पनि रविलाई भेट्न चाहन्छु । उनको न्यायका लागि लड्न चाहन्छु । म सबैलाई आन्दोलनमा सहभागी भइदिन अनुरोध पनि गर्छु ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation