नेभिगेशन
सबै कुरा

मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज

मुग्लिन ।  मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको मुग्लिनमा रहेका सिधाकुरा सम्वाददाता विष्णु प्रसाद ढुंगाना र लक्ष्मण गिरीले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा लैजाँदैछ । पार्टी कार्यालयमा साँझ पौने ७ बजे गिरफ्तारी दिएपछि लामिछानेलाई स्थलमार्ग भएर प्रहरीले पोखरा लैजाँदै गरेको हो । 

कास्की प्रहरीले जिल्ला अदालतबाट सहकारी ठगीमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिएपछि सीआईबी पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय आएको थियो । 

पोखरा प्रहरीलाई बुझाउन अहिले सीआईबीको प्रहरी टोली लामिछानेलाई लिएर पोखरा पुग्दैछ । लामिछाने सवार स्कोरपिर्यो गाडीलाई प्रहरीले अगाडि र पछाडिबाट स्कटीङ गर्दै अहिले मुग्लिन पार गरेको छ । लामिछानेको सर्मथन र सरकारको विरोधमा मुग्लिनमा सयौँ समर्थकहरू सडकमा उत्रिएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै