नेभिगेशन
सबै कुरा

सुनकाे मूल्य हालसम्मकै उच्च, तीन दिनदेखि निरन्तर रेकर्ड

काठमाडाैँ । सुनको मूल्यले तेस्रो दिन पनि निरन्तर रेकर्ड कायम गरेको छ । बुधबारदेखि रेकर्ड बनाएको सुनको मूल्यले शुक्रबार पनि रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै २ हजारले बढेर रेकर्ड बनाएको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार चारसय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै सर्वाधिक महँगो मूल्य हो।

Dish Home
Global Ime Bank

बिहिबार सुन प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सो मूल्य १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम थियो । बुधबारदेखि रेकर्ड बनाइरहेको सुनको मूल्यले दिनदिनै रेकर्ड कायम गरेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर एक हजार नौ सय ८० रुपैयाँ पुगेको छ। बिहिबार चाँदीको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation