नेभिगेशन
सबै कुरा

अवहेलना मुद्दामा बारका अध्यक्षलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश, वारेस राख्न पाउने

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । 

सर्वोच्चले घिमिरेलाई वारेसमार्फत जवाफ पेश गर्न सक्ने छुट दिएको छ । 

Dish Home
Global Ime Bank

अशोज १४ गते नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च प्रशासनले तयार गरेको प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको हो । 

बारका अध्यक्ष घिमिरेले प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भन्ने अभिव्यक्ति दिएका थिए । उनको सोही अभिव्यक्तिले अदालतको अवहेलना भएकाले कारबाही माग राख्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर मुद्दा दर्ता गरेका थिए । 

न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त रहेको न्यायाधीश पदमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो । बारका अध्यक्ष घिमिरले न्यायाधिश सिफारिसमा लेनदेन भएको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार रिट दर्ता गराएका हुन्। 
सत्ताधारी प्यानलबाट बार अध्यक्षमा निर्वाचित मिश्र भन्छन्, ‘स्वतन्त्र न्यायपालीकाको वास्तविक रुप स्थापीत गर्न पहल गर्छु’

सत्ताधारी प्यानलबाट बार अध्यक्षमा निर्वाचित मिश्र भन्छन्, ‘स्वतन्त्र न्यायपालीकाको वास्तविक रुप स्थापीत गर्न पहल गर्छु’

नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले प्यानलका प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।