नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोडेको हो । 

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सुनको मूल्यले साउन १८ गते रेकर्ड बनाएको थियो । सो समयमा सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँ कायम थियो ।

Dish Home
Global Ime Bank

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ९२५ रुपैयाँ मूल्य कायम भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९५० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation