नेभिगेशन
सबै कुरा

आजबाट पेट्रालको मूल्य १ सय ५९ रुपैयाँ, डिजलको मूल्य १ सय ५१ रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक , डिजेल र मट्टितेलमा प्रतिलिटर चार वृद्धि गरेको हो । 

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा  एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा एक सय ५० र तेस्रो वर्गमा एक सय ५१ कामय भएको छ । 

Dish Home
Global Ime Bank

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation