नेभिगेशन
सबै कुरा

एसईई २०८० मा उत्कृष्ट अंक ल्याउने २ विद्यार्थीलाई सिन्धु सोसाईटीको सम्मान

काठमाडौँ । सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आइरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लाबाट उत्कृष्ट हुने दुई विद्यार्थीलाई सम्मान गरेको छ । जिल्लाबाट परिक्षामा सामेल भएर उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो । 

एसईईमा उत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक बिद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमीका गणेश जोतीलाई सम्मान गरिएको हो ।  उनीहरु दुवैजनालाई जनही नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताए । 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बिच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले उनीहरुलाई सम्मान गरेका हुन् ।  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटी गरेको कामको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, होमवहादुर बस्नेत (राजकुमार),नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की,सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतलगायतका व्यक्तिले सोसाईटीको शैक्षिक कार्यक्रम उत्कृष्ट रहेको बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation