नेभिगेशन
सबै कुरा

रौतहट जलमग्न, नदी तटिय क्षेत्रमा जोखिम बढ्दै

रौतहट  । अविरल बर्षाका कारण रौतहट जलमग्न बन्नुका साथै नदि तटिय क्षेत्रमा जोखिम बढ्दै गएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अविरल वर्षाका कारण रौतहटको ६ वटा स्थानीय तह  रेड जोनमा रहेको बताएका छन्। उनले अविरल वर्षाका कारण कुलेखानीको सम्पूर्ण ड्याम्म खोलिएको र बागमती तथा लालबकैया नदीमा अझै जलसतह बढ्ने क्रम जारी रहेको समेत जानकारी गराए । 

जिल्लाको राजदेवि नगरपालिका, दुर्गाभगवति गाउपालिका, बौधिमाई नगरपालिका, मौलापुर नगरपालिका, राजपुर नगरपालिका र  कटहरिया नगरपालिका रेड जोनमा रहेको प्रजिअ रेग्मिले जानकारी गराएका छन्।  बिहीबार रातिदेखिको अविरल वर्षाका कारण रौतहटको मुख्य नदी पूर्वी भागमा  वागमती  र पश्चिमी भागमा  लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदि किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन र बिपत प्रतिकार्यका लागि सम्पुर्ण सुरक्षा निकायलाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन समेत दिएको जानकारी दिए ।

अहिले जिल्लामा अविरल बर्षाका कारण यातायातका साधन कमै मात्रामा चलेका छ्न भने अधिकान्स व्यापार ब्यवसाय ठप्प रहेको अवस्था छ । सर्लाही र रौतहट भएर बग्ने बागमति खोलाले पने जल सतह पार गर्ने अवस्था रहेकाले रौतहट र सर्लाहीका धेरै बस्ती खतराको दायरामा रहेका छ्न ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation