नेभिगेशन
सबै कुरा

उदयपुरमा मलामी बोकेको बस दुर्घटना, २७ जना घाइते

उदयपुर । उदयपुरमा मलामी बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्।  उदयपुरको वेलका नगरपालिका ८ सेती खोला स्थित मदन भण्डारी लोकमार्गको सडक खण्डमा मंगलबार दिउँसो मलामी बोकेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका हुन्। 

सप्तकोशी नदीमा मृतकको शव जलाएर फर्किदै गरेका मलामी बोकेको प्रदेश १–०२–००१ ख ८२५३ नम्बरको न्यू कृष्ण ट्राभल्स नामको यात्रु वाहक बस दिउसो करिव १२ बजेर ४० मिनेट जाँदा अनियन्त्रित भई सेती खोला नजिकै पल्टिएको प्रहरीले जनाएको छ। 

Dish Home
Global Ime Bank

दुर्घटनामा  घाइते  भएका २७ जना मध्ये २१ जनाको बेलका नगर अस्पताल रामपुर र ६ जनाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सन्तोष कार्कीका अनुसार बस सडकदेखि २० मिटर तल खसेको थियो। बेलका नगरपालिका –५, घुम्नेबाट सप्तकोशी नदी पुगेको वस पुन सोही ठाउँमा फर्कने क्रममा दुर्घटनामा परेको जनाईएको छ। बस चालक शम्भु शाहलाई  नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation