नेभिगेशन
सबै कुरा

५ वर्षमा २ अर्ब विदेशी मुद्रा भित्र्याएको ट्राइकोट उत्कृष्ट निर्यातकर्ताको रुपमा सम्मानित

काठमाडौँ । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठुलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ। बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ। 

ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनी हो। यस कम्पनीले ‘वुलन र कटन’को धागोबाट निर्माण हुने पश्मिना स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ। 

Dish Home
Global Ime Bank

करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसंगको सामुहिक लगानीमा खुलेपनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा संचालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ।

पछिल्लो पांच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा संचितिमा ठुलो योगदान पुर्याउदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा विक्री गरेर उच्च गुणस्तरको बुनाई कपडाको माग पुरा गरेको छ। 

आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई विक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए। ‘हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौँ’ उनले भने, ‘इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं।’

बिराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० बढी कर्मचारीले प्रत्यक्ष रुपमा काम गर्छन। जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

‘यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ । काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ, लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऊँ ।’ अध्यक्ष ढकालले भने, ‘राजश्व बुझाउने...
बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको...
भर्खरै