नेभिगेशन
सबै कुरा

तीन दिनदेखि निरन्तर रेकर्ड बनाएकाे सुनको मूल्यमा नयाँ कीर्तिमानी

काठमाडाैँ । सुनको मूल्यले आज पनि रेकर्ड बनाएको छ । आइतबार र सोमबार निरन्तर रेकर्ड बनाएको सुनको मूल्यले आज पनि रेकर्ड बनाएको हो । 

सोमबारको सुनको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ। सोमबार सो मूल्य १ लाख ५९ हजार दुई सय तोकिएको थियो । 

Dish Home
Global Ime Bank

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । सोमबारको मूल्यमा तोलामा चाँदीको मूल्य ५ रुपैँयाले घटेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation