नेभिगेशन
सबै कुरा

भारतमा नेपाली मुलकी महिलाको विभत्स हत्या, फ्रिजमा भेटियो शरीरका ३० टुक्रा

काठमाडौँ ।  भारतको बेंगलुरुमा २९ वर्षीया एक महिलाको निर्मम हत्या भएको छ । ति महिलाको शरीरलाई ३० भन्दा बढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला पारिएको हो । यो घटना शनिबार दिउँसो बाहिरिएको हो । 

हत्या भएकी महिला नेपाली मुलकी भएको समेत बताइएको छ । भारतको प्रतिष्ठित अखबार टाइम्स अफ इन्डियाले प्रहरीलाई उधृत गर्दै हत्या भएकी महिलाको ओरजिन नेपाली भएको र केही दशकदेखि उनको परिवार बेंगलुरुमा सेटल भएको बताएको छ । उनको नाम महालक्ष्मी दास भएको खुलेको छ । 

Global Ime Bank

भरतीय सञ्चारमाध्यमहरुका अनुसार महालक्ष्मी एक शपिङ मलमा काम गर्थिन भने भ्यालीकवलस्थित पाइपलाइन रोडमा रहेको एउटा घरमा बस्थिन् । महालक्ष्मीको माइती पनि बैंगलुरुमै बस्दै आएका छन् । तर केही दिनदेखि महालक्ष्मी सम्पर्कमा नआएपछि शनिबार दिउँसो महालक्ष्मीको दिदी र उनकी आमा घरमा आए । उनीहरुले डुब्लीकेट चाबी प्रयोग गरेर ढोका खोले । उनीहरुले ढोका खोल्दा भुँई चिप्लो थियो भने घरमा दुर्गन्ध फैलिएको थियो । 

त्यसपछि उनीहरुले फ्रिजबाट रगत र अन्य शारीरिक तरल पदार्थहरू बगिरहेको देखे । खोलेर महालक्ष्मीको शरीरका टुक्राले फ्रिज भरिएको देखियो । महालक्ष्मीकी आमाले त्रासले चिच्याइन् र घरबाट बाहिर भागिन्, त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गरियो । 

‘जब हामीले ढोका खोल्यौं, हामीले फ्लोर चिसो देख्याैँ र पूरै भुईँ रगतले चिप्लो थियो, जुन फ्रिजको ढोकाबाट चुहिएको थियो । खुट्टा काटेर फ्रिजको माथिल्लो भागमा राखिएको थियो भने अन्य शरीरका भागहरू बिचको भागमा राखिएको थियो । टाउको फ्रिजको तल्लो भागमा राखिएको थियो ।’ महालक्ष्मीकी आमाले प्रहरीलाई दिएको बयानमा भनेकी छिन् । 

महालक्ष्मीले पाँच वर्षअघि हेमन्त दाससँग विवाह गरेकी थिइन् । तर, केही महिनाअघिदेखि उनीहरु अलग्गिएका थिए । उनकी चार वर्षीया छोरी छिन् र उनी बाबुसँगै बस्दै आएका छन् । दास आफ्ना आमा बाबुसँग भिन्दै बस्दै आएका छन् । 

भारतीय प्रहरीले द न्यू इन्डियन एक्सप्रेसलाई दिएको जनकारी अनुसार ‘महालक्ष्मीको फोन सेप्टेम्बर २ देखि बन्द थियो । उनी सम्पर्कमा नआएपछि उनकी आमा र दिदी चिन्तित भएर उनको घर पुगेका थिए । हत्या भएकी महिलाको परिवार पहिले नेपाली भएको र केही दशकदेखि भारतमै सेटल भएको बताइएको छ । तर, नेपालको कुन ठाउँ भन्ने खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation