नेभिगेशन
सबै कुरा

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु १ हजार ७ सय ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु १ लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ५८ हजार ८ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु २ हजार १ सयले वृद्धि भएको छ । 

Dish Home
Global Ime Bank

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार ९ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय २० निर्धारण भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation