नेभिगेशन
सबै कुरा

उदयपुरमा आमा र छोराको हत्यामा संलग्न एक जना पक्राउ

उदयपुर । उदयपुरमा दुईसाताअघि घरभित्रै मृत भेटिएका आमा छोराको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।  दुईसाताको अनुसन्धान पछि प्रहरीले स्थानिय ३२ वर्षिय तारा बहादुर मगरलाई पक्राउ गरेको हो । 

कटारी नगरपालिका १० सोरुङ छविसेस्थित वडा कार्यालय छेउकै एक पसलमा गत भदौ २० गते विहान आमा छोरा मृत भेटिएका थिए । ६ वर्षीय नाबालक छोरा आरुस थापासँगै ४० वर्षीया आमा निर्मला थापाको शप विभत्स अवस्थामा भेटिएको थियो ।  उनीहरु दुवैको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खवर गरेका थिए । 

Dish Home
Global Ime Bank

पक्राउ परेका ३२ वर्षिय तारा बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो। घटनामा प्रयोग भएका र घटना स्थलबाट बरामद भएका समान हरु समेत सार्वजनिक गरिएको छ। 

मृतकले प्रयोग गर्ने मोबाइल सोरुङ्ग खोलामा फुटेको अबस्थामा फेला परेको थियो। प्रहरीले धारिलो खुकुरी समेत १ थान बरामद गरिएको जनाएको छ।

घटना स्थल नजिकै घर भएका मगरले धारिलो हतियार खुकुरी प्रयोग गरी आमा र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राजन चापागाईंले बताए। 

उक्त घटना अवैध सम्बन्धका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी चापागाईंले बताए। मगरलाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation