नेभिगेशन
सबै कुरा

तीन दिनदेखि सुनको मूल्यमा निरन्तर रेकर्ड

काठमाडाैँ । सुनको मूल्यले सोमबार पनि रेकर्ड बनाएको छ । अघिल्ला दुईदिन निरन्तर रेकर्ड बनाउँदै आएको सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सुनको मूल्य तोलामा ५ सय रुपैँयाले बढेर रेकर्ड बनेकाे हाे । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको थियो । 

Dish Home
Global Ime Bank

सोमबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा १५ रुपैँयाले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला १९१५ रुपैँया तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation