नेभिगेशन
सबै कुरा

घट्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । 

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँमा झरेको छ भने  डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ प्रतिलिटर पर्नेछ । 

Dish Home
Global Ime Bank

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १४८ पर्नेछ । 

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation