नेभिगेशन
सबै कुरा

मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न निर्वाचन आयोगको सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन् । 

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको  बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । उक्त भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गरे । 

Dish Home
Global Ime Bank

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

रवीन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप

प्रसाईँमाथि अनुसन्धान गर्न यसअघि १२ दिनको म्याद दिइएको थियो । त्यस्तै रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप गरिएको थियो । 
तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको...
ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई प्रधानमन्त्री ओलीले गरे बर्खास्त

स्रोतका अनुसार तामाङलाई राजीनामा गर्न गृहमन्त्रीले नै भनेका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि प्रधानमन्त्रीले बर्खास्त गरेका हुन् । 
ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

ओली र मोदीबीच टेलिफोन संवाद, आतंकवादविरुद्ध नेपाल भारतको साथमा रहने

प्रधानमन्त्री ओलीले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा रहेको जानकारी गराएको बताएका छन्  ।