नेभिगेशन
सबै कुरा

७० हजार उडानमार्फत १८ लाखभन्दा बढी यात्रुलाई सेवा दिएकाे जहाजकाे विदाई (तस्विरहरु)

काठमाडाैँ । बुध्द एयरको एक एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट 'विदाई गरिएको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको एउटा एटीआर–४२ विमान सोमबारदेखि बिदाइ  गरिएको हाे । बुध्द एयरकाे ह्यांगर (त्रिभुवन विमानस्थल) भित्र  एक  कार्यक्रम  गरी बिदाइ गरिएको हाे ।  

आज विदाई गर्न गरिएकाे नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 ले व्यवसायिक उडानमार्फत् ७० हजार उडान अतवरण पुरा गरेको छ । १६ वर्ष ३ दिने उडानका दौरानमा यसले १८ लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । 

Dish Home
Global Ime Bank

जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छन् । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाईदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।

बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएकाे थियाे । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याईसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।

आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । यसैगरि एटीआरका प्रतिनिधि‘ पवन तनवनीले – बुध्द एयरको जहाज रखराखव तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती रहेको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

बानेश्वर केन्द्रित आन्दोलनले किस्ता तिर्न गाह्रो भयो, सहज वातावरण नबने आन्दोलन गर्छौँः यातायात व्यवसायी

सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

बालाजु औधोगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगलागी

औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

सरकारलाई चन्द्र ढकालको आग्रहः राजश्व बुझाउने व्यवसायीलाई एक वचन मिठो बोलिदिउँ

‘यहाँहरुको सानो प्रयत्नले ठूलो उत्साह थप्नेछ । काम गर्न चाहने युवालाई सहजै सेवा दिने ठाउँ बनाऊँ, लगानी गर्ने उद्यमीको मनोबल बढाइ दिऊँ ।’ अध्यक्ष ढकालले भने, ‘राजश्व बुझाउने...
बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छः कुलमान घिसिङ

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ । सार्वजनिक निकायको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?’, घिसिङले प्रश्न गरे, ‘यसको...
भर्खरै