नेभिगेशन
सबै कुरा

पलेशाको भव्य स्वागत

काठमाडौँ । पेरिस पारालिम्पिक–२०२४मा ऐतिहासिक कास्य पदक जितेकी नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।

पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक हात पार्दै बुधबार बिहान काठमाडौँ आइपुगेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित स्वागत गर्दै नगर परिक्रमा गरिइएको छ।


गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के ४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।

पलेशाले पाएको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो उपाधी हो। काठमाडौको बागबजारकी स्थायी बासिन्दा पलेसाको जन्मिँदै बायाँ हातको कुहिनामुनिको भाग थिएन।

अब पलेशाले राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ अनुसार नेपाल सरकारबाट ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन्।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्