नेभिगेशन
सबै कुरा

नर्सिङ पढाईमा देखिएको अन्यौलता हटाउन कानून आवश्यकः शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नर्सिङ क्षेत्रको पढाईका बिषयमा देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री भट्टराईले प्राविधिक शिक्षासँग नर्सिङ क्षेत्रको पढाईलाई जोड्न अहिले देखिएका अन्यौलता हटाउन कानून आवश्यक रहेको त्यसका लागि मस्यौदा तयार भइरहेको बताएकी हुन् । 

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्न आग्रह गर्दै मन्त्री भट्टराईले यसले मात्रै यस क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरिन् । 

स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति उत्पादनका लागि स्वदेशमा नै चिकित्सा क्षेत्रको अध्ययनका लागि बिभिन्न स्थानमा शिक्षालय स्थापनका साथै कोटा बृद्दिको बिषयमा पनि गृहकार्य भइरहेको उनले जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयभित्र हुने वेतिथी र समस्या सबैले भोग्नुपरेको भन्दै उनले विश्वविद्यालयलाई स्वायत्त नबनाएसम्म बलियो बनाउन नसकिने धारणा राखिन् । 

मन्त्री भट्टराईले एसईईको पुरक परिक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरुलाई सीपमुलक बनाउनका लागि सिटिईभिटीमार्फत आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै