नेभिगेशन
सबै कुरा

सुनको मूल्यले राख्यो नयाँ किर्तिमान

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।  मङ्गलबार प्रतितोला एक लाख ५२ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार एक सय मूल्य निर्धारण गरिएको छ ।

Dish Home
Global Ime Bank

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५५ निर्धारण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation