नेभिगेशन
सबै कुरा

कटारीको डम्पिङ साइटमा एक पुरुषको बेवारिसे शव फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिकाको डम्पिङ साईडमा एक  युवकको बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका–३ राजाबासमा रहेको डम्पिङ साइटमा शव फेला परेको हो।

फोहोरको थुप्रो नजिकै फेला परेको शवबारे अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा त्यहाँ जाँदा मृत अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुभास राईले जानकारी दिए। शवलाई पोस्ट मार्टमको लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताए।

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation