नेभिगेशन
सबै कुरा

एसिया कप खेल्न पाकिस्तान जानुअघि खेलाडीले लिए पशुपतिनाथको आशिर्वाद

५ भदौ, काठमाडौं । एसिया कप खेल्नका लागि पाकिस्तान प्रस्थान गर्नुअघि नेपाली क्रिकेट टोलीले पशुपतिनाथसँको दर्शन गरेको छ । क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्ने छ ।  

एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने छ । भदौ १३ गते खेल्ने भएपनि अगाडि नै केही अभ्यास खेल्नको लागि टिम केही अगाडि नै पाकिस्तान जान लागेको हो । 

तर एसिया कपमा सन्दीप लामिछानेले भने खेलने नखेल्ने अनिश्चित बनेको छ । नाबालिग बलात्कारको आरोप झेलिरहेका लामिछानेको मुद्दाको फैसलामा ढिलाई हुँदा एसिया कपमा उनले खेल्ने नखेल्नेमा अन्योल बढेको हो । उनको मुद्दाको पेशी साउन ३२ गतेका लागि तोकिएको थियो । तर न्यायाधीशले पेशी स्थगित गरेका थिए । 

सन्दिप पछिल्लो समय बन्द प्रशिक्षणमा सहभागी छैनन् । उनको स्वास्थ्य अवस्थाका कारण उनी प्रशिक्षणमा नगएको क्यानले बताएको छ । आज पशुपतिनाथको आशिर्वाद लिन पुगेको टोलीमा पनि सन्दीप सहभागी थिएनन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation