नेभिगेशन
सबै कुरा
यू-१९ साफ च्याम्पियन्सिप

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

८ असोज, काठमाडौँ :माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल दक्षिण एसियाली फुटबल महासंघ साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल दक्षिण एसियाली फुटबल महासंघ साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका तर्फबाट प्रशान्त लक्षम, समीर तामाङ र निराजन धामीले गोल गरे । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र  निराजन धामीले समान एक गोल गरे। जहाँ प्रशान्त लक्षमले नेपाललाई प्रतियोगितामा पहिलो गोल निकालेका थिए । 

हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ ।

योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्