नेभिगेशन
सबै कुरा

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । सोमबार सुन चाँदीको मुल्यमा सामान्य गिरावट भएको छ । आइतबारको मूल्यको तुलनामा सोमबार सुनको मुल्य प्रतितोला १ सय रुपैँया घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला एक लाख ४८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैँया थियो ।

Dish Home
Global Ime Bank

लगातार तीन दिन बढेको सुनको मुल्य आज घटेको हो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट भएको छ । आज चाँदीको मूल्यमा ५ रुपैँया घटेर प्रतितोला एक हजार ७१५ रुपैयाँमा किनबेच भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation