नेभिगेशन
सबै कुरा

राष्ट्रिय जनावर गाई चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । 

महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरे। 

महाशाखाले दश ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । दस ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम सिक्काको रू चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । 

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब...
मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

मुल्य बढेपनि खचाखच काठमाडौँका सुन पसल (तस्विरहरु)

सुनको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा पनि सुन पसलहरुमा मानिसको भीड भने घटेको छैन । विवाहको लगन आउँदै गर्दा सुन पसलमा चहलपहल बढेको व्यवसायी बताउँछन् । त्यसका अलवा कतिपय...
सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

सुनको मूल्यले आज पनि बनायो रेकर्ड, १ लाख ९१ हजार पुग्यो

आइतबार १ लाख ८९ हजार ८०० रुपैयाँमा खरिदविक्रि भएको सुनको मूल्य आज १२ सय बढेको हो । यसअघि  बिहीबार सुनको प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार...
सुनको मूल्य बढेको बढ्यै, तोलाकै मुल्य १ लाख ९० हजार नाघ्यो 

सुनको मूल्य बढेको बढ्यै, तोलाकै मुल्य १ लाख ९० हजार नाघ्यो 

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्लो एक सातामा निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार तोलामै ३६०० रुपैयाँ बढेको हो।