नेभिगेशन
सबै कुरा

काँधमा ५० हजार पेजको डेटिकेटेड तथा ट्रङ्क लाइनकाे बिल बाेकेर लेखा समिति पुगे प्राधिकरणका कर्मचारी (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेटिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको डेटासमेटिएको करिब ५० हजार पेजको विवरण लेखा समितिमा  बुझाएको छ । 

प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्यांक  प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बुझाएको हो । बक्यौता रहेका सबै उद्योगको विवरण समितिमा बुझाएको  प्राधिकरणले जनाएको छ । 

उद्योगमा विद्युत प्रयोग गरेको तर बक्यौता बुझाउने समयमा उद्योगीहरु आफूहरुले विद्युत प्रयोग नगरेको र प्राधिकरणले आफूखुसी बिल काटेको भन्दै विरोधमा उत्रिएपछि प्राधिकरणले टीओडी मिटरको बिल लेखा समितिलाई बुझाएको हो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै